• September 30, 2020

कानुन व्यवसायीसँग परामर्श गरेको प्रचण्ड–नेपाल–खनालको स्विकारोक्ति

 कानुन व्यवसायीसँग परामर्श गरेको प्रचण्ड–नेपाल–खनालको स्विकारोक्ति
मनपरे शेयर गरौ ! 

काठमाडौं / राष्ट्रपतिलाई महाअभियोग लगाउने विषय उठिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले कानुन व्यवसायीसँग परामर्श गरेको स्विकार गरेका छन् ।

महाअभियोगको विषय उठेपछि आज विहान तीनै जना नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।
तीनै नेताले सार्वजनिक रुपमा यसविषयमा केही बोलेका छैनन् । तर, प्रचण्ड निवास खुमलटारमा कानुन व्यवसायीसँग परामर्श गरेको भने स्विकार गरेका छन् । प्रचण्डनिवासमा वकिलहरुलाई समेत बोलाएर छलफल गरिएको तर, महाअभियोगका बारेमा नभई अध्यादेशका बारेमा मात्र छलफल भएको नेताहरुले राष्ट्रपतिलाई आश्वस्त पार्न खोजेका छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियोगका विषयमा गरेको कुराकानीको प्रमाण आफुसँग रहेको मन्त्रीहरुलाई समेत बताईसकेका छन् । त्यसपछि नेताहरु आफ्नो भेद खुल्ने डरले राष्ट्रपतिसँग भेटवार्ता गर्न पुगेको नेकपाकै एक नेताले जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post