• September 29, 2020

सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

 सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय
मनपरे शेयर गरौ ! 


झापा / समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

पार्टीका सचिव मोहम्मद इस्तियाक राईले गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको उनले बताए ।

लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राखेकी थिइन् ।

पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि पार्टीले बनाएको कार्यदलले सिफारिस गरेको थियो ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् ।

मनपरे शेयर गरौ ! 

Related post