• August 10, 2020

बिर्तामोडको बजेट १ अरब १५ करोड

 बिर्तामोडको बजेट १ अरब १५ करोड
मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभाले बजेट नीति तथा कार्यक्रम पास गरेको छ । असार १० गते शुरु नगरसभा आइतबार समापन भएको छ ।

पाँचौं नगरसभाले प्रस्तावित १ अरब १५ करोड ४ लाख ८८ हजार ब्यय हुने गरी बजेट पारित गरेको छ ।
जस अन्तरगत ३९ करोड ८१ लाख ८६ हजार र पूजीगत खर्च ५८ करोड २३ लाख २ हजार र सामाजिक सुरक्षा बापत १७ करोडको खर्च हुने छ ।

नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख पबित्रा महतारा प्रसाईले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

असार २८ गते सम्पन्न भएको नगरसभामा प्रस्तावित बजेट, नीति, कार्यक्रम माथि १० वटै बडाका अध्यक्षहरुले आ आफ्नो बडाको बजेट सिलिंग प्रस्तुत गर्दे आफ्नो बडाको विकासका योजना पेश गरेका थिए ।

यसैगरी नगरसभामा बिभिन्न समितिका संयोजकहरुले समितिका तर्फबाट सुझाब पेश गरेका थिए ।

बिर्तामोड नगरपालिकाले प्रत्येक बडालाई १ करोडको सिलिंग दिएको थियो । सो सिलिंग अन्तरगत रहेर वडाले बजेट पेश गरेको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post