• September 30, 2020

सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन राप्रपा हल्दिबारीको केन्द्रीय समितिलाई आग्रह

 सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन राप्रपा हल्दिबारीको केन्द्रीय समितिलाई आग्रह
मनपरे शेयर गरौ ! 


बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँपालिका हल्दिबारी झापाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन पार्टीको केन्द्रीय समितिलाई आग्रह गरेको छ ।

हालको नेकपाले विगतदेखि नै शत्रुवत व्यवहार गर्दै आएको र जनताको बहुमतबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई समेत बाहुबलका आधारमा विस्थापित गर्न खोजेको भन्दै राप्रपा गाउँपालिका हल्दिबारीको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेको हो ।

राप्रपा हल्दिबारीका अध्यक्ष एकराज रानामगरको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकले अन्य कतिपय राष्ट्रिय परिस्थितिका दृष्टिले पनि सरकारललाई समर्थन कायम राखि राख्न उचित नदेखिएको जनाएको छ ।

राप्रपाले झापामा गत संसद तथा प्रदेशसभा निर्वाचनमा तत्कालिन बामपन्थी गठबन्धनसँग सहकार्य गर्दै हालको नेकपा सरकारलाई समर्थन गर्दै आएको छ ।

हल्दिबारी गाउँपालिकाको असार १० गतेको सातौँ गाउँसभामा भएको झडपपछि सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै राप्रपा हल्दिबारीको यस्तो निर्णय आएको हो ।

मनपरे शेयर गरौ ! 

Related post