• October 29, 2020

एनआईसी एशिया बैंकको योजनामा चमत्कारै चमत्कार

 एनआईसी एशिया बैंकको योजनामा चमत्कारै चमत्कार
मनपरे शेयर गरौ ! 


झापा / एनआईसी एशिया बैंकले सेवाग्राहीको सुविधाका लागि चमत्कारिक योजना सार्वजनिक गरेको छ ।

एनआइसी बैँकले वार्षिक ८.२५ प्रतिशत ब्याजदरमा सुपर चमत्कारिक कर्जा योजना ल्याएको छ । बैंकले सवारी कर्जा , घर कर्जा र व्वसाय कर्जा योजना सार्वजनिक गरेको छ ।

गाडी र घर किन्न तथा बनाउनको लागि ऋण लिन चाहनेहरुका लागि ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा ऋण प्रवाह गर्ने बैंकले जनाएको छ ।

सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यस योजनाको लाभ लिन सक्ने उपक्षेत्रिय कार्यालय बिर्तामोडका प्रवन्धक दशरथ पराजुलीले जानकारी दिए ।

‘बैकले न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरेकोे छ’ प्रवन्धक पराजुलीले भने ‘अधिकतम १ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ ।’ जस अन्तर्गत अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको उनले बताए ।

घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोराटोरियम लिन सकिने र उक्त अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा भएको बताइएको छ ।

यस बाहेक फेक्जिबल इएमआई मार्फत ग्राहकले आफ्नो आर्थिक क्षमता अनुसार आफुले तिर्न सक्ने इएमआई वार्षिकरुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्नेछन् ।

यस योजना अन्र्तगत घर कर्जा उपभोग गरिरहेकाले बन्डल अफर अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत रहेको जनाइएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ग्राहकले समेत कर्जा स्वाप गर्न सक्ने बताइएको छ ।

सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकले कर्जा लिन सक्नेछन् ।

अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेकाले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण स्वाप गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत अधिकतम २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ ।

उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नेछन् । यस्तो कर्जा सीमा अधिकतम १ करोडसम्म निर्धारण गरिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post