झापा / गायिका सोफिया थापालाई आफ्नो गीत यूट्युबबाट हटाउन दवाब आएको छ ।
तीजलाई लक्षित गरेर आइतबार सार्वजनिक भएको उनको गीत ‘अबको तीज नो ब्रत प्लिज’ हटाउन लगातार दबाब आएको बताएकी छन् ।
हिन्दु धार्मिक संगठनका नाममा केही व्यक्तिहरुले गीत युट्युबमा सार्वजनिक भएलगत्तै आफूलाई फोन गरी हटाउन भनिएको र गीत नहटाए घरमै आएर शारीरिक क्षति पु¥याउने धम्कीसमेत दिइएको उनले बताइन् ।
‘अशभ्य र बुलिङ गर्ने शब्दहरुको प्रयोग गर्दै धम्की आइरहेको छ । हिन्दु जागरण र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका नाममा मलाई धम्की दिइरहेको छ ।
निम्नस्तरको गालीसहितको मेसेजहरु आइरहेका छन् । बिहानदेखि फोन आइरहेको छ । गीत हटाएन भने सञ्चार मन्त्रालयमा गएर उजुरी दिने पनि भन्नु भएको छ,’ उनले भनिन् ।
तर, गायिका थापाले आफूले गाएको गीतले धर्मलाई कतै नछोएको बताएकी छन् । तीजलाई परिस्कृत बनाऔँ मात्र भनेको हो धर्मलाई कहिँ छोएकै छैन उनले भनिन् ।
उनको गीत आइतबार हाइलाइट नेपालबाट सार्वजनिक भएको थियो ।