• September 20, 2020

कन्काइको बाढीले तटबन्ध भत्काउँदा १०५ घर डुबानमा

 कन्काइको बाढीले तटबन्ध भत्काउँदा १०५ घर डुबानमा
मनपरे शेयर गरौ ! 


झापा / कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काउँदा १०५ घर डुबानमा परेका छन् ।

लगातारको वर्षापछि तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुई वटा बस्ती डुबानमा पारेको छ ।

गाउँपालिकाको वडा नम्बर १ स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका छन् ।

सोमबार दिउँसोदेखि डुबानमा परेका १०५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । मिलनबस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राथिमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय लक्ष्मी प्राविमा राखिएको थियो ।

बस्तीमा पानीको मात्रा केही घटेकाले मिलनबस्तीका ६० परिवार भने मंगलबार बिहान घर फर्किएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । मिलनबस्तीका २१ परिवार भने घर फर्किन सक्ने अवस्था नरहेको बताइएको छ ।

बाढीले कन्काई नदी किनारको ३ सय मिटर बाँध भत्काएको छ ।

मनपरे शेयर गरौ ! 

Related post