• September 20, 2020

कांग्रेस महाधिवेशनमा देउवा इतरबाट एकजनाले उम्मेद्वारी दिने – महामन्त्री कोइराला

 कांग्रेस महाधिवेशनमा देउवा इतरबाट एकजनाले उम्मेद्वारी दिने – महामन्त्री कोइराला
मनपरे शेयर गरौ ! 


काठमाण्डौं / कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार बन्ने बताएका छन् ।

३८ औं वीपी स्मृति दिवसका अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गरेको अर्चुअल कार्यक्रममा डा. कोइरालाले सभापतिको लागि को उम्मेदवार बन्ने भन्ने छलफल भइरहेको प्रष्ट पारे ।

राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुने तर कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने म होइन हामी भनेर लाग्नुपर्ने महामन्त्री कोइरालाले बताए ।

उनले सभापति देउवाको आलोचना गरे । महाधिवेशनलाई प्रभावित पार्न नै देउवाले विभागहरु गठन गरेको उनले आरोप लगाए । उनले भने, ‘महाधिवेशन हुन ८ महिना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएका साथीहरुले के काम गर्न सक्छन् ?’

आफूले सभापतिलाई सधैं सहयोग गरेको, तर देउवाले पार्टीमा एकलौटी गर्न नछोडेको उनले बताए ।

मनपरे शेयर गरौ ! 

Related post