• September 30, 2020

हल्दिबारीले माग्यो प्रधानमन्त्री रोजगारका लागि निवेदन

 हल्दिबारीले माग्यो प्रधानमन्त्री रोजगारका लागि निवेदन
मनपरे शेयर गरौ ! 


हल्दिबारी / हल्दिबारी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सार्वजनिक विकास निर्माणमा काम गर्नका लागि निवेदन माग गरेको छ ।

गाउँपालिकाले मंगलबार सूचना जारी गरि प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिताका लािग निवेदन माग गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका ०७५ को दफा १८ बमोजिम आर्थिक वर्ष ०७७ / ७८ का लागि रोजगारी गर्न इच्छुक बेरोजगारका लागि निवेदन माग गरेको हो ।

सो कार्यक्रमका सहभागि बन्नका लागि १८ वर्ष देखि ५९ वर्ष उमेर समूहको हुनु पर्ने छ ।

रोजगार कार्यक्रममा सूचिकृत हुन साउन ८ गतेदेखि भदौ ७ गतेसम्म सम्वन्धित वडा कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

रोजगार कार्यक्रममा सहभागि हुन निवेदन दिँदाका मितिसम्म सोहि आर्थिक वर्षमा न्यूनतम एकसय दिनको रोजगारीमा संलग्न नभएको, एकसय दिन रोजगारी वापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आयभन्दा कम आय भएको, स्थायी बसोबासको प्रमाण लगायतका कागजपत्र पेश गर्नु पर्ने छ ।

मनपरे शेयर गरौ ! 

Related post