• November 27, 2020

झापामा कार्यरत दुई सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

 झापामा कार्यरत दुई सशस्त्र प्रहरीमा कोरोना  संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 

बिर्तामोड / झापामा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै झापामा संक्रमितको संख्या ३ सय १८ पुगेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परिक्षण अनुसार आज मंगलबार आएको नतिजाले सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टामा कार्यरत दुई प्रहरी जवानमा कोरोना संक्रमण देखाएको हो ।

आजको रिपोर्ट अनुसार उनीहरुमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

संक्रमित दुबै जनालाई उपचारका लागि मोरङको गोठगाउँतर्फ लगिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post