• October 1, 2020

हल्दिबारीको विषयलाई लिएर राप्रपाको प्रतिनिधि मण्डल जिल्ला प्रशासन कार्यालय झापामा

 हल्दिबारीको विषयलाई लिएर राप्रपाको प्रतिनिधि मण्डल जिल्ला प्रशासन कार्यालय झापामा
मनपरे शेयर गरौ ! 

हल्दिबारी / हल्दिबारी गाउँपालिकाको सातौँ गाउँसभामा भएको झडपको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधि मण्डल आज जिल्ला प्रशासन कार्यालय झापामा डेलिगेसन गएको छ ।

टोलीको नेतृत्व राप्रपाका प्रदेश १ प्रमुख राम थापा र झापा जिल्ला अध्यक्ष अमर बहादुर बिष्टले गरेका छन् । टोलीमा केन्द्रीय र जिल्ला स्तरका नेता सहभागि छन् ।

हल्दिबारीमा उत्पन्न परिस्थतिपछि जिल्ला प्रशासन कार्यालय झापाले खेल्ने भूमिका बारे बुझन राप्रपाको टोली डेलिगेसन गएको झापा क्षेत्र नै ३ का संघीय सांसद राजेन्द्र लिङदेनले जानकारी दिए ।

सांसद लिङदेनका अनुसार हल्दिबारीको सवालमा प्रशासन निश्पक्ष हुनु पर्ने, पार्टी गत हिसावले गर्ने व्यवहारमा एकरुपता हुनु पर्ने, व्यक्ति छ्ट्याएर मुद्दा लगाउने परिपार्टी मान्य नहुने, यदि व्यक्ति छानेर मुद्दा लगाइन्छ भने त्यसपछि उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं प्रशासन हुनु पर्ने भन्दै टोली डेलिगेसन गएको हो ।

गत असार १० गते हल्दिबारीको सातौँ गाउँसभा चलिइरहँदा गाउँपालिकामा तोडफोड भएको थियो ।

गाउँपालिका तोडफोडमा संलग्न भएको भन्दै राप्रपा हल्दिबारीका अध्यक्ष मदन मगर विरुद्ध अर्को पक्षले जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दायर गरेको बुझिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post