राजेश हमालका भाइको निधन

काठमाडौं / अभिनेता राजेश हमालका एकमात्र भाइको निधन भएको छ । उनका भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो ।
कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पु¥याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् ।
उनीहरुका तीन दिदीबहिनी छन् । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए ।
राजेश अहिले काठमाडौंमा नै छन् ।
राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।