चौबिस घण्टामा नेपालमा थपिए सयजना कोरोना संक्रमित

झापा / पछिल्लो २४ घण्टामा नेपालमा १०० जना कोरोना संक्रमित थपिएका छन् । सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको बुधबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या १८ हजार ९४ पुगेको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार हालसम्म सक्रीय संक्रमितको संख्या ५ हजार ३६८ रहेको छ ।
सोही अवधिमा २०७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ । ७०. १ प्रतिशत निको भएका छन् ।
गत २४ घन्टामा ३ हजार ७७९ परीक्षण भएका छन् । क्वारेन्टाइनमा २० हजार ८४२ जना रहेका छन् ।