• August 10, 2020

झापामा मनाइयो पुष्पलालको ४२ औँ स्मृति दिवश

 झापामा मनाइयो पुष्पलालको ४२ औँ स्मृति दिवश
मनपरे शेयर गरौ ! 


झापा / नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवश झापामा पनि मनाइएको छ ।

पुष्पलाल मित्रता केन्द्र झापाले आज बिर्तामोडमा विचार गोष्ठीको आयोजना गरी दिवस मनाएको हो ।
कार्यक्रममा वक्ताहरुले पुष्पलालको योगदानको स्मरण गरेका थिए ।

केन्द्रका संयोजक मणि भण्डारीको अध्यक्षता तथा नेकपा प्रदेश कमिटी सदस्य एवम् पुष्पलाल मित्रता केन्द्रका प्रदेश १ सदस्य पुष्प पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमका अधिकांश वक्ताले नेकपाको केन्द्रमा देखिएको पदीय लोलुपता र अस्थिरता विरुद्ध खुलेर आलोचना गरेका थिए ।

टुक्राटुक्रामा विभक्त कम्युनिष्ट पार्टीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रयासलाई सार्थकता दिनुपर्नेमा केन्द्रीय नेतृत्वले आम कार्यकर्ताको भावना विपरित काम गरिरहेको उनीहरुको टिप्पणी छ ।

लामो प्रयासबाट एकीकृत हुँदै गरेको पार्टीलाई थप मजबुत बनाउनु पर्ने र पार्टी जोगाउनुको विकल्प नरहेको उनीहरुको जोड थियो ।

वक्ताहरुले गैर राजनीतिक क्रियाकलापका विरुद्ध सबै पार्टी कार्यकर्ताहरु एकजुट हुनुपर्ने जोड दिएका थिए । ।

नेकपा जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।

पुष्पलाल मित्रता केन्द्रलाई झापासहित ३५ जिल्लामा शाखा विस्तार गरिएको छ भने पाँचवटा प्रदेश कमिटी बनाइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post