• November 28, 2020

शनिबार नेपालमा १0९ जनामा कोरोना संक्रमण पुष्टि

 शनिबार नेपालमा १0९ जनामा कोरोना  संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 


झापा / शनिबार नेपालमा १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङका क्रममा थप १०९ जनामा संक्रमण देखिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । ७० दशमलव ६ प्रतिशत संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले बताएका छन् ।

आज पुष्टि भएका नयाँ संक्रमितमध्ये झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लाका एक/एक जना काठमाडौं, बाँके,बर्दिया, अछाम र मुगुका दुई/दुई जनामा सप्तरी ११,पर्साका ८, रौतहट ४, बारा ३,नवलपरासीपूर्व ४, गुल्मी ३,कपिलवस्तु ६,पाल्पा ४,दाङ ५,कालीकोट ३,दैलेख ३,जाजरकोट ६,सुर्खेत ११,डढेलधुरा ८,डोटी १३ र बैतडीका ३ जना छन् ।

मनपरे शेयर गरौ ! 

Related post