• August 10, 2020

गीतकार दुर्गाप्रसाद कडरियाको तीज गीत ‘क्या राम्री’ सार्वजनिक (भिडियो सहित)

 गीतकार दुर्गाप्रसाद कडरियाको तीज गीत ‘क्या राम्री’ सार्वजनिक (भिडियो सहित)
मनपरे शेयर गरौ ! 


बिर्तामोड / तीजलाई लक्षित गर्दै गीतकार दुर्गाप्रसाद कडरियाको ‘क्या राम्री देखिया छु रे’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाल आइडल ३ मा निक्कै चर्चा कमाउन सफल गायिका सज्जा चौलागाईले स्वर दिएको उक्त गीतको भिडियो गीतकार कडरियाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

महिलाहरुको महान चाड तीजको पूर्वसन्ध्यामा सार्वजनिक भएको उक्त गीतले राम्रै चर्चा कमाउने गीतकार कडरियाको अपेक्षा छ ।
भिडियो……….

‘तिम्रो लागि, कहाँ गयौ तिमी प्रेमको छुरा, गर्मी बढ्दै छ र दुइ चारसाल पर्ख है सानु’ लगायतका गीत बजारमा ल्याई सकेका कडरियाको तीजसँग सम्बन्धित ‘क्या राम्री’ भने पहिलो गीत हो ।

सीएल शर्माको संगीत रहेको उक्त गीत शाहस शाक्यले एरेञ्ज गरेका छन् । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको सो गीतका लागि टीका जैसी र बिक्रम चौहानले अभिनय गरेका छन् ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियो निक्कै रोमान्टिक र हेर्न लायकको बनेको छ ।

मनपरे शेयर गरौ ! 

Related post