• September 29, 2020

प्रहरी प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमण

 प्रहरी प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमण
मनपरे शेयर गरौ ! 


स्याङ्जा / प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जाका प्रहरी प्रमुख सहित कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार स्याङ्जामा मात्रै १८ जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो । १८ जनामध्ये एक जना महिला कर्मचारी छन् ।

साउन ७ गते प्रहरीमा एकाएक ज्वरो आउने र रुघा लाग्ने भएपछि साउन ८ गते स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।

९८ जना प्रहरी र हिरासतमा रहेका ४ जना गरी १०२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ४० जनाको मात्र रिपोर्ट आएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

यसअघि स्याङ्जामा कार्यरत ३ जना प्रहरीमा कोरोना देखिएको थियो । तीन जना नै कार्यालयभित्रै सुरक्षित तवरले बसेका छन् ।

संक्रमित सबै जनालाई पुतलीबजारस्थित करेन्डाँडा र हेलुस्थित कालिका अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको शर्माले बताए ।

प्रहरी प्रमुखलाई आफ्नै निवासमा ‘स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बस्न दिने बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post