नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ पुग्यो

काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ ।
योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको बताएका छन् ।
मृत्यु हुनेमा पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
सोमबार थप १३९ जनामा कोरोना भाइरस (कोभिड (१९) संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ जहार ७५२ पुगेको हो ।
आइतबार मात्रै १३० जनामा कोरोना संक्रमण देखिएको थियो ।