नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।
पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य नपुगेकाले बैठक स्थगित भएको नेकपा स्रोतले जनाएको छ ।
दुई अध्यक्षबीच सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको बताइएको छ ।
यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुर्नस्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित भएको थियो ।