आज देशभर थप २१० जनामा कोरोनाको सङ्क्रमण पुष्टि

झापा / आज देशभर थप २१० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो ।
यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल संख्या १९ हजार २७३ पुगेको छ ।
हालसम्म १४ हजार २१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
मन्त्रालयका अनुसार अहिले कोरोना भाइरसका ५ हजार ३६० सक्रिय संक्रमित छन् ।