• August 10, 2020

मास्क नलाउनेलाई सय रुपैयाँ जरिवाना

 मास्क नलाउनेलाई सय रुपैयाँ जरिवाना
मनपरे शेयर गरौ ! 


बिर्तामोड / अब सार्वजनिक स्थलमा हिडडुल गर्दा मास्क नलाउनेलाई एकसय रुपैयाँ जरिवाना गरिने भएको छ ।

कोभिड–१९ संक्रमण नियन्त्रण गर्न आज बसेको डीसीसीएमसी झापाको बैठकले संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम सार्वजनिक स्थलमा रहँदा वा हिडडुल गर्दा मास्क नलगाउने व्यक्तिलाई १०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

साथै बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डहरु सबैले पालना गर्नु पर्ने, न्यूनतम २ मिटरको दुरी कायम गरि मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post