• September 29, 2020

घिसिङको अध्यक्षतामा नयाँ समिति चयन गर्दै पूर्वाञ्चल एकताको साधारणसभा सम्पन्न

 घिसिङको अध्यक्षतामा नयाँ समिति चयन गर्दै पूर्वाञ्चल एकताको साधारणसभा सम्पन्न
मनपरे शेयर गरौ ! 


बिर्तामोड / पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा प्रालिको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

बिर्तामोड–४, स्थित नयाँ गोमेन्द्र कलेजको हलमा सम्पन्न साधारणसभाको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनालले उद्घाटन गरेका थिए ।

संस्थाका अध्यक्ष कर्मसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खनालले विभिन्न प्राविधिक पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरु एकजुट भई खोलिएको सेवामूलक संस्था यो पूर्वाञ्चलमा पहिलो संस्था भएको दाबी गरे ।

उनले सबै एकजुट भई काम गर्ने हो भने यसको भविष्य सुन्दर रहेको पनि बताए ।

सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष संजीव चापागाई मन्तव्य राखेको कार्यक्रममा संस्थाका अध्यक्ष तामाङले भावी योजना सहितको संस्थाको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रमा सापकोटाले आय–व्यय प्रस्तुत गरेकी थिइन् ।

बिर्तामोड क्षेत्रमा विभिन्न पेशा र व्यवसाय गरी बस्ने ५८ जना शेयर सदस्य रहेको यस संस्थाको अधिकृत पुँजी एक करोड तथा चुक्ता पुँजी २५ लाख रहेको बताइएको छ ।

मानिसको दैनिक जीवनमा आवश्यक पर्ने सीटीइभिटीबाट मान्यता प्राप्त विभिन्न प्राविधिक सेवाहरु प्रदान गर्ने तथा अदक्ष जनशक्तिलाई प्राविधिक सीप सिकाई दक्ष बनाउने संस्थाको उद्देश्य रहेको संस्थाका सचिव ऋषिराज रिजालले बताए ।

साधारणसभाले कर्मसिंह घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

संस्थाको बरिष्ठ उपाध्यक्षमा ऋषिराज रिजाल, उपाध्यक्ष गणेशबहादुर राय, सचिव राकेश सिंह, सह सचिव प्रदिप चिमरीया र कोषाध्यक्षमा रमा सापकोटालाई चयन गरेको छ ।

सदस्यमा पदमबहादुर तामाङ, दधिराम सिटौला, सावित्रा घिसिङ, गंगा पासवान र मेघबहादुर पौडेल चयन भएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post