• September 29, 2020

नेकपा बिवाद पदका लागि होइन गलत प्रचार गरियो -अध्यक्ष दाहाल

 नेकपा बिवाद पदका लागि होइन गलत प्रचार गरियो -अध्यक्ष दाहाल
मनपरे शेयर गरौ ! 


काठमाडौँ / नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएकोे बताएका छन् ।

दाहालले सत्तारुढ पार्टी नेकपाभित्र पछिल्लो समय चर्किएको विवाद र बहस पद प्राप्तिका लागि भएको भनेर गलत प्रचार गरिएको पनि गुनासो गरेका छन् ।

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा च्यासलमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको पनि बताए ।

‘पार्टीभित्र चलेको बहसलाई नेतृत्वको पद प्राप्तिका लागि छिनाझपटी हो भन्ने प्रचार गरिएको छ पदको छिनाझपटी होइन । यो पार्टीलाई कसरी अगाडि बढाउने ? पार्टीको विचार, मान्यता, विधि, पद्दति कस्तो हुनुपर्छ भन्ने बहस हो,’ उनले भने ।

आफूले पार्टी एकता गर्नुपूर्व नै राष्ट्रका लागि भनेर पद त्याग गरेर अगाडि बढेको बताउँदै उनले अहिले नेकपाले स्थायित्व दिनुपर्ने बेला आएको बताए । ‘पद होइन राष्ट्रको सेवा मुख्य कुरा हो ।
पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने, स्थायित्व दिने जिम्मेवारी हो भनेर अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नको निम्ती त्याग गर्दै आएका छौं,’ दाहालको भनाइ थियो ।

पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको दाहालको भनाइ थियो ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी कार्यक्रममा दाहालले पार्टी एकताको तीन वर्षमै विभाजन हुने हो कि भन्ने चिन्ता पैदा भएको बताए ।

नेकपाभित्र पछिल्लो समय प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र दाहाल(नेपाल समूहबीच विवाद चर्किएको छ । स्थायी कमिटी बैठक जारी रहेको अवस्थामा यो विवाद सतहमा आएको छ ।

मनपरे शेयर गरौ ! 

Related post