सभामुख निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ / प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक पुरुष कर्मचारीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यहाँका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
यसैगरी शुक्रबार नै सिंहदरबारभित्र ट्राफिक व्यवस्थान गर्ने दुई जना ट्राफिक प्रहरीलाई पनि कोरोना पोजिटिभ देखिएको छ ।
उनीहरुलाई संक्रमण पुष्टि भएलगत्तै रामशाहपथस्थित ट्राफिक प्रहरी महाशाखा सिल गरिएको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।