तुल्सीपुर उपमहानगरका प्रमुख कार्यकारी अधिकृत १४ लाख घुससहित पक्राउ

दाङ / दाङको तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घुस रकमसहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ ।
अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको हो ।
टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै गएको थियो । अख्तियार अधिकारीका अनुसार अनुसन्धान गरी उनीमाथि आरोपपत्र दायर गरिनेछ ।