• October 29, 2020

भारतमा कोरोनाबाट एकै दिन ७ सय २४ जनाको मृत्यु

 भारतमा कोरोनाबाट  एकै दिन ७ सय २४ जनाको मृत्यु
मनपरे शेयर गरौ ! 

एजेन्सी / विश्वमा कोरोना भाइरसबाट तेश्रो धेरै प्रभावित मुलुक बनेको भारतमा दैनिक रूपमा थपिने संक्रमित संख्या ६० हजार नजिक पुगेको छ।

वर्ल्डमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ७ सय २४ बढी मानिसको कोरोनाका कारण मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएका छन्।

योसँगै भारतमा संक्रमित संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ। यस्तै कोरोनाबाट मृत्यु हुने संख्या ३६ हजार ५ सय ५१ भएको छ।

यो भारतमा एकैदिन फेला परेका आजसम्मकै धेरै संक्रमित संख्या हो। संक्रमित संख्या बढ्दै गएको भारतमा कोरोनाबाट निको हुनेदर ६४।५२ प्रतिशत रहेको छ।

भारतको पछिल्लो तथ्यांकले आन्द्र प्रदेश, कर्नाटका, पश्चिम बंगाल र उत्तर प्रदेशमा संक्रमणका नयाँ क्षेत्र बढ्न थालेको छ। यसअघि महाराष्ट्र, दिल्ली र तमिलनाडु संक्रमणको केन्द्रबिन्दु बनेका थिए।

मनपरे शेयर गरौ ! 

Related post