• October 22, 2020

पुन: लकडाउन गर्ने तयारीमा सरकार

 पुन: लकडाउन गर्ने तयारीमा सरकार
मनपरे शेयर गरौ ! 

काठमाडौँ / देशभर कोरोना संक्रमणको उच्च जोखिम बढेसँगै सरकारले आवत जावतमा कडाइ गरेको छ ।

लकडाउन खुलेसँगै मानिसको चहलपहल बढेपछि ह्वात्तै कोरोना संक्रमण बढेको छ । यसलाई मध्येनजर गर्दै आवश्यकता अनुसार लकडाउनको तयारी समेत गरिएको स्रोतले जनाएको छ ।

संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) यस अघि नै काठमाडोँ भित्रिने सवारी साधनमा कडाइ गर्न निर्देशन दिइसकेको छ । परिस्थिति अझेँ खराब हुँदै गएमा पुन लकडाउन गरिने जनाइएको छ ।

देशका विरगञ्ज, पर्सा लगाएत उपत्यकामै संक्रमणको खतरा बढेको छ । कोरोना विशेष अस्पतालहरुमा बिरामीका लागि थप ठाउँ समेत उलब्ध छैन ।

कतिपय संक्रमित घरमै बसेर उपचार गर्न बाध्य छन् ।

यसले उनीहरुका परिवार सदस्यलगायत अन्य मानिसमा जोखिम पैदा गराएको छ । वीरगञ्जको कोरोना विषेश अस्पतालमा बिरामी नअटाउँदा थप स्थानको खोजी समेत भइरहेको छ ।

चिकित्सकको एक टोली गएर त्यहाँको परिस्थितिबारे छलफल गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । न्यूजअफ नेपालबाट

मनपरे शेयर गरौ ! 

Related post