• October 22, 2020

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

 पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु
मनपरे शेयर गरौ ! 


गुल्मी / गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गएको छ ।

रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार बेलुका स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो ।

पहिरोमा परेर राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिताको ज्यान गएको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

शुक्रबार बेलुकी ५ बजेदेखि अविरल वर्षा भएका कारण राति घर माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेर घर पुरिएको बताइएको छ ।

पहिरोमा परेर ज्यान गुमाएका चारै जनाको शव निकाली सकिएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रिडी र प्रहरीचौकी जोहाङ्ग खैरेनीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

घरमुली राजु भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post