• August 10, 2020

मुलुकभर थप ३१५ जना कोरोना संक्रमित, निको हुनेको संख्या १४ हजार ४९२ जना

 मुलुकभर थप ३१५ जना कोरोना संक्रमित, निको हुनेको संख्या १४ हजार ४९२ जना
मनपरे शेयर गरौ ! 


झापा / मुलुकभर आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेको जानकारी दिए । संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

२४ घन्टामा ९३ जना निको भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । २४ घन्टामा ६ हजार ९९३ परीक्षण गरिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post