झापा / मुलुकभर आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेको जानकारी दिए । संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
२४ घन्टामा ९३ जना निको भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । २४ घन्टामा ६ हजार ९९३ परीक्षण गरिएको छ ।