• September 30, 2020

बिर्तामोड लकडाउनबारे निर्णय गर्न बैठक जारी

 बिर्तामोड लकडाउनबारे निर्णय गर्न बैठक जारी
मनपरे शेयर गरौ ! 


बिर्तामोड / कोभिड-१९ को संक्रमण रोक्न बिर्तामोड लकडाउन गर्नेबारे निर्णय गर्न अहिले बैठक बसिरहेको छ ।

बिर्तामोड नगरपालिकामा कोरोना भाइरसको संक्रमित फेला परेपछि समुदायमा फैलन नदिन बिर्तामोड लकडाउन गर्नु पर्ने माग चौतर्फी उठेको छ ।

संक्रमण भयाबह हुन नदिन लकडाउन गर्नेबारे निर्णय गर्न बिर्तामोड नगरपालिकाको बैठक बसिरहेको प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिए ।

‘बैठकमा सबैले आ–आफ्नो राय व्यक्त गर्दै हुनुहुन्छ संभवत लकडाउन गर्ने बारे निर्णय हुनसक्छ’ प्रेस संयोजक सिग्देलले भने ।

आज राति १२ बजेदेखि बिर्तामोड लकडाउन हुन सक्ने बताइए पनि बैठकको आधिकारिक निर्णय आउन बाँकी छ ।

मनपरे शेयर गरौ ! 

Related post