• September 20, 2020

आइतबार राति १२ बजेदेखि अनिश्चितकालका लागि बिर्तामोड लकडाउन

 आइतबार राति १२ बजेदेखि अनिश्चितकालका लागि बिर्तामोड  लकडाउन
मनपरे शेयर गरौ ! 


बिर्तामोड / आज राति १२ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बिर्तामोड पूर्ण लकडाउन गरिएको छ ।

नगरपालिकामा आज बसेको बैठकले अनिश्चित कालका लागि बिर्तामोड लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिए ।

लकडाउनको समयमा सार्वजनिक तथा नीजि सवारी साधन, मोटर साइकल पूर्ण रुपमा बन्द गर्ने, अत्यावश्यक खाद्यान्न, स्वास्थ्य सुरक्षा तथा सरकारी सवारी साधन स्वास्थ्य सामग्रीसहित आवत जावत गर्न दिने बैठकले निर्णय गरेको छ ।

त्यस्तै, सरकारी कार्यालय, गैरसरकारी कार्यालय, नीजि उद्योग व्यवसाय, बैँक, बित्तीय संस्था, संस्थान (विद्युत मर्मत, व्यवस्थापन, दुरसंञ्चार व्यवस्थापन बाहेक) पूर्ण बन्द गर्ने निर्णय भएको छ ।

नगरपालिकाबाट हुने दैनिक सरकारी काम कोभिड–१९ सँग सम्बन्धित बाहेक अन्य बन्द गर्ने, पीसीआर परिक्षणको दायरा बढाउने, आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गर्ने, अत्यावश्यक बिरामी अस्पताल लानु पर्ने अवस्थामा सम्बन्धित वडाको सिफारिसमा अस्पताल लाने पासको व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

होम क्वारेन्टिनको व्यवस्थालाई प्राथमिकता दिने, होम क्वारेन्टिनको रेखदेख, व्यवस्थापन, कन्टेक ट्रेसिङ सम्बन्धि कार्य वडा समन्वय समितिले गर्ने, न्यूनतम् ४ देखि ५ बेडको आइसोलेसन स्थापना गर्ने, आइसोलेसन सेन्टरको स्थापनाका लागि आवश्यक कार्य अघि बढाउने पनि निर्णय गरेको छ ।

नगरपालिकाले गरेको लकडाउनका कारण नगरबासीमा पर्न गएको असुबिधाप्रति हार्दिक आभार प्रकट गर्दै सम्पूर्ण नगरबासीलाई सम्यमता, धैर्यता अपनाउन आग्रह गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post