• November 27, 2020

मेची अञ्चल अस्पताल भद्रपुरमा कोभिड-१९ को उपचार सुरु

 मेची अञ्चल अस्पताल भद्रपुरमा कोभिड-१९ को उपचार सुरु
मनपरे शेयर गरौ ! 


झापा / कोभिड १९ संक्रमितको उपचार सोमबारदेखि झापाको मेची अञ्चल अस्पतालमा सुरु गरिएको छ ।

सोमबारदेखि अस्पतालको आइसोलेसनमा राखेर कोरोना भाइरस संक्रमितको उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

उपचार सेवा सुरु भएसँगै संक्रमण पुष्टि भएका अर्जुनधारा नगरपालिकाका–४ र बिर्तामोड नगरपालिकाका एक गरी पाँच जनालाई मेची अस्पताल भर्ना गरिएको छ ।

अन्य कोभिडका शंकास्पद ४ जना विरामी पनि भर्ना भएका छन् ।

उनीहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशाला पठाइएको छ ।

मेची अस्पतालमा २५ शैय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ । मेची अस्पतालमा आइसोलेसन वार्डसहित कोभिडको उपचार सुरु भएपछि झापा लगायत पूर्वका बिरामी धरान तथा विराटनगर जानु पर्ने बाध्यता हट्ने आंकलन गरिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post