• September 30, 2020

रंगेलीमा सोमबार एकैदिन २२ जनामा कोरोना संक्रमण

 रंगेलीमा सोमबार एकैदिन २२ जनामा कोरोना संक्रमण
मनपरे शेयर गरौ ! 


मोरङ / मोरङको रंगेली नगरपालिकामा सोमबार एकैदिन २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १४ जना स्थानीयबासी छन् भने पाँच जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी र तीन जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी रहेको बताइएको छ ।

अस्पतालका दुई जना प्राविधिक र एक सहयोगी संक्रमित भएका हुन् ।

बुधबार सोनवर्षी नगरपालिका–८ सक्टीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

उनको कट्याक ट्रेसिङका क्रममा बजारका स्थानीयसहित जम्मा १५६ जनाको स्वाब संकलन गरिएको थियो । त्यसक्रममा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १४ जना एकै परिवारका रहेको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले जानकारी दिए ।

मृतक पुरुष रंगेलीको क्लिनिक, जिल्ला अस्पताल रंगेली हुँदै गत मंगलबार कोशी अस्पताल आइपुगेका थिए ।

कोशीमा रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई धरान रेफर गरिएको थियो । धरान रेफर गरेको केही घण्टामा ति पुरुषको मृत्यु भएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post