बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा / गोरखा पालुङटार नगरपालिका–४ का वडाध्यक्ष बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
जिल्लाको पालुङटारका वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई गोरखा प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको उनले बताए ।
पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका रानाभाटविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप छ ।