• September 23, 2020

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण

 अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण
मनपरे शेयर गरौ ! 


काठमाण्डौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अख्तियारका प्रेस विज्ञ शरद अधिकारीका अनुसार मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा १४ जना प्रहरी र एक जना सवारी चालक रहेका छन् । आइतबार १ सय ८२ जनाको स्वाब संकलन भएकोमा १५ जनामा संक्रमण देखिएको हो ।

संक्रमितको सम्पर्कका आधारमा थप कन्याक ट्रेसिङ सुरु गरिएको उनले बताए ।

मनपरे शेयर गरौ ! 

Related post