• November 28, 2020

प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छोड्नु पर्ने औपचारीक प्रस्ताव होईन : प्रवक्ता श्रेष्ठ

 प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छोड्नु पर्ने औपचारीक प्रस्ताव होईन : प्रवक्ता श्रेष्ठ
मनपरे शेयर गरौ ! 

गोरखा / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायण काजी श्रेष्ठले प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छाड्नुपर्ने भन्ने विषय पार्टीको औपचारीक प्रस्ताव बन्न नसकेको बताए।

‘राम्रो संग चलाउन पार्टी र सरकार सच्चिनुपर्छ, समस्या निश्चित छ, तर एक पद छाड्ने भन्ने प्रस्ताब पार्टीको औपचारीक बन्न सकेन’ मंगलबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा उनले भने।  

प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद मात्रै लिनुपर्ने भन्ने विषय पार्टी र सरकार राम्रोसँग चलाउने बारेमा आएको ब्यक्तिगत बिचार भएको उनले बताए।

सरकारले सकारात्मक काम गरेपनि केही महत्पूर्ण मुद्धामा चुकेको बताउँदै नेता श्रेष्ठले भने ‘जारी स्थायी बैठक बस्छ, बस्नुपर्छ, प्रधानमन्त्रीले आएर आफ्ना कुरा राख्नुपर्छ, अरुको कुरा पनि सुन्नुपर्छ।’

पार्टी र सरकार राम्रो सँग संचालन हुन नसकेपछि विधि र पद्धतिबाट चलाउने गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए।

नेकपा भित्रको समस्यालाई निकास दिने जिम्मेवारी पनि पहिलो अध्यक्ष र प्रधानमन्त्री समेत भएकाले केपी ओलीको नै रहेको उनले बताए।  

अहिले देखिएका बिवादलाई बैठकबाट सामाधान गर्ने र पार्टी एकता कायम रहने दावी प्रवक्ता श्रेष्ठको छ। पार्टी गतिहिन भएको, निस्क्रिया देखिएको, आचरणको हिसाबले अरु भन्दा भिन्न हुन नसकेको गुनासो उनको थियो।

दैनिक काममा सरकारलाई हस्तक्षेत्र नगर्ने र सरकारले समाजवादलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने उनले बताए।

‘घुस खुवाउनुपर्ने अवस्थाको अन्त्य, राजनीतिक नियुक्तीमा ठिक मान्छे, पुजिँगत खर्च कार्यन्वयन क्षमता अभिवृद्धीमा सरकारले जोड दिनुपर्छ’ उनले भने। नागरिक न्यूजमा खबर छ ।

मनपरे शेयर गरौ ! 

Related post