• September 23, 2020

पर्साका नगरप्रमुखसहित ५४ जनामा कोरोना पुष्टि

 पर्साका नगरप्रमुखसहित ५४ जनामा कोरोना पुष्टि
मनपरे शेयर गरौ ! 


पर्सा / पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्रप्रसाद साहसहित ५४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालले गरेको पीसीआर परीक्षणमा देखिएका सङ्क्रमित मध्ये ८ महिला र ४६ जना पुरुष रहेका छन् । संक्रमितहरु २० वर्षदेखि ७४ वर्ष उमेर समुहका रहेका छन् ।

थपिएका संक्रमितमा २ जना दुगड गु्रपका कर्मचारी १ जना नेपाली सेनाका र नारायणी अस्पतालको ल्याबमा कार्यरत एक जना प्राविधिक कर्मचारी रहेको बताइएको छ ।

यसअघि शुक्रबार मात्रै १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको थियो भने कोरोनाको कारण एक वद्धले ज्यान गएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post