कपडामा बेरेर फालेको नवजात शिशु फेला, प्रहरीद्वारा जीवितै उद्दार

काठमाडौँ / काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सिकोलामा कपडाले बेरेको नवजात शिशु फेला पारिएको छ ।
कपडाले बेरेको अवस्थामा जिवित भेटिएको शिशुलाई प्रहरीले जिवितै उद्दार गरेको छ । जन्मिएको केही समयमै कपडाले बेरेर झाडीमा फालेको अवस्थामा फेला परेको शिशुलाई पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पताल लगिएको छ ।
शिशु फालेको आशंकामा प्रहरीले सिन्धुपाल्चोक सिपापोखरी घर भएकी १७ वर्षीया किशोरीलाई पक्राउ गरेको छ । पक्राउ परेकी किशोरीले भने सो शिशु आफ्नो नभएको बताएकी छन् ।
घटनाका बारेमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।