• September 23, 2020

यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाटै बाहिरियो युभेन्टस

 यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाटै बाहिरियो युभेन्टस
मनपरे शेयर गरौ ! 


एजेन्सी / इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाटै बाहिरिएको छ ।

शुक्रबार घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मदतले फ्रान्सेली टोली लियोनलाई २–१ ले पराजित गरेपनि युभेन्टस अर्को चरणमा पुग्नबाट चुक्यो ।

समग्रमा २–२ गोलकोे स्कोर भएपछि अवे गोलको आधारमा लियोन अगाडि बढेको हो ।

पहिलो लिग १–० ले जितेको लियोनले दोस्रो लिगको १२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो ।

कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई सुदृढ अवस्थामा पुर्याएका थिए ।

युभेन्टसका मिडफिल्डर रोड्रीगो बेन्टान्कुरले हुसेम औआरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post