• November 28, 2020

३७८ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या बाइस हजार पाँचसय नाघ्यो

 ३७८ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या बाइस हजार पाँचसय नाघ्यो
मनपरे शेयर गरौ ! 


झापा / नेपालमा दिनदिनै कोभिड-१९ का संक्रमितको संख्या थपिने क्रम बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ७ हजार ७ सय ८८ पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

२४ घन्टामा ४ सय ९९ जना डिस्चार्ज भई घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय १३ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

मुलुकभर ६ हजार २ सय ६ जना बिरामी आइसोलेसनमा छन् भने १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

मनपरे शेयर गरौ ! 

Related post