• September 29, 2020

नेपालमा कोरोनाबाट ७३ जनाको मृत्यु

 नेपालमा कोरोनाबाट ७३ जनाको मृत्यु
मनपरे शेयर गरौ ! 


झापा / कोभिड १९ बाट हालसम्म नेपालमा ७३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट २४ घण्टामा मोरङंसहित ३ जिल्लामा ३ जनाको मृत्यु भएको हो ।

प्रदेश १ विराटनगर –९ बस्ने ५८ वर्षीय पुरुषको हिजो २३ गते कोसी अस्पतालमा मृत्यु भएको छ । उनी उच्च रक्तचापका रोगी थिए ।

यस्तै, कोरोनाबाट पर्सा वीरगन्ज महानगरपालिका–३ छपकैया का ७४ वर्षीय पुरुषको शुक्रबार नै गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको मन्त्रालयले जनाएको छ ।

उनको मृत्युपछि लिइएको स्वाब नमुनाको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । उनी पनि मधुमेह तथा दमका रोगी भएको बताइएको छ ।

कोरोनाकै कारण काठमाडौं टोखा नगरपालिका–६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ती महिलालाई साउन १८ गते कोभिड–१९ पुष्टि भएको थियो । पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेकी ती महिला आईसीयूमा उपचाररत थिइन् ।

उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको हो ।

मनपरे शेयर गरौ ! 

Related post