• October 1, 2020

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित ३ जनामा कोरोना

 वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित ३ जनामा कोरोना
मनपरे शेयर गरौ ! 

धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत २ चिकित्सकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको नाक कान घाटी विभागमा कार्यरत एक पुरुष चिकित्सक तथा बायोकेमेष्ट्रिक विभागका १ चिकित्सक र उनकी श्रीमतीमा कोरोना पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

संक्रमित दुवैको अवस्था समान्य रहेको बताइएको छ । दुवै जनाले आफुलाई कोभिड १९ को शंका लागेर पिसिआर टेष्ट गराएका थिए ।

परीक्षणका लागि स्वाब संकलन गरे संगै उनीहरु आइसोलेसनमा बसेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post