मोरङका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु

झापा / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका मोरङका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
५५ वर्षीय ती पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा बुधबार बिहान १ः२० मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
सातै जना मोरङका हुन् । कोरोनाबाट विराटनगरमा–४ जना, रंगेली नगरपालिकामा १ जना, सुनबर्सी नगरपालिकामा १ जना र बुढीगंगा गाउँपालिकामा १ जनाको मृत्यु भएको हो ।