• November 27, 2020

आजदेखि सबै प्रकारका सवारी पास बन्द

 आजदेखि सबै प्रकारका सवारी पास बन्द
मनपरे शेयर गरौ ! 


बिर्तामोड / जिल्ला प्रशासन कार्यालय झापाले कार्यालयबाट जारी हुँदै आएको सवारी पास वितरण बन्द गरेको छ ।

कोभिड –१९ को संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय झापाले साउन २९ गते बिहीबारदेखि अर्को व्यवस्था नभएसम्म सबै प्रकारका सवारी पासहरु बन्द गरेको जनाएको हो ।

कोरोनाको जोखिम बढेका कारण गृह मन्त्रालयले हिजो गरेको परिपत्र अनुसार आजका दिनदेखि अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास वितरण बन्द गरिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

सर्वसाधारणमा यसबाट पर्न गएको असुविधाप्रति जिल्ला प्रशासनले क्षमा मागेको छ ।

मनपरे शेयर गरौ ! 

Related post