• December 1, 2020

बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालयलाई डिस्इन्फेक्टेट स्प्रे मेसिन प्रदान

 बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालयलाई डिस्इन्फेक्टेट स्प्रे मेसिन प्रदान
मनपरे शेयर गरौ ! 


बिर्तामोड
/ रोटरी क्लव अफ बिर्तामोड र रोट्याक्ट क्लब अफ बिर्तामोड ले आज बिर्तामोड नगरपालिकालाई दुईथान कोरोना डिस्इन्फेक्टेट स्प्रे मेसिन हस्तान्तरण गरेको छ ।

रोटरी र रोट्रयाकले कोभिड–१९ को प्रकोप बढ्दै गएपछि सुरक्षाको लागि बिर्तामोड नगरपालिकालाई २ थान र इलाका प्रहरी कार्यालयलाई १ थान स्प्रे मेसिन हस्तान्तरण गरेको हो ।

नगरपालिकामा आज आयोजित एक कार्यक्रममा रोटरी क्लवका अध्यक्ष निर्मल भट्टराई र रोट्याक्ट क्लवका अध्यक्ष प्रभाष थापा मगर लगायतले नगरप्रमुख धुर्वकुमार शिवाकोटी र इलाका प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजाललाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बिर्तामोड स्वास्थ्य शाखाका ओम खड्का नगरपालिकाका अन्य पदाधिकारी र क्लवका सदस्यको उपस्थिति थियो ।

मनपरे शेयर गरौ ! 

Related post