• September 29, 2020

कोभिड–१९ संक्रमणबाट नेपालमा ९५ जनाको ज्यान गयो

 कोभिड–१९ संक्रमणबाट नेपालमा ९५ जनाको ज्यान गयो
मनपरे शेयर गरौ ! 


झापा / कोभिड–१९ संक्रमणका कारण नेपालमा हालसम्म ९५ जनाको मृत्यु भएको छ ।
गत २४ घण्टामा नेपालमा थप चार जनाको मृत्यु भएसंगै मृतकको संख्या ९५ पुगेको हो ।

कोरोनाका कारण बिहीबार पुष्टि गरिएका चार मृतकहरूमा तीन पुरुष र एक महिला छन् ।

२४ घण्टायता ५२५ जना कोरोनाका नयाँ बिरामी थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससंगै सङ्क्रमितहरूको संख्या २४ हजार ९५७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,०२५ जनामा सक्रिय सङ्क्रमण छ भने १६,८३७ जना भाइरसमुक्त भएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post