शनिबार ४६८ जना संक्रमित थपिए

झापा / शनिबार नेपालमा कोभिड–१९ का थप चार सय ६८ जना संक्रमित थपिएका छन् ।
११ हजार २७ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
अब नेपालमा कोरोना संक्रमित संख्या २६ हजार १९ पुगेको छ । देशभर पाँच सय २३ जना होम आइसोलेसनमा छन् ।
विगत २४ घण्टामा एक सय २४ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोनाबाट नेपालमा १०२ को मृत्यु भएको छ ।