झापा / पछिल्लो २४ घण्टामा ६८१जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।
यो सहित संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् । क्वारेन्टाइनमा १३ हजार ५७१ जना रहेका छन् भने आइसोलेसनमा ११ हजार १ सय १८ जनाको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ । नेपालमा कोरोनाबाट १२० जनाको मृत्यु भएको छ ।