• October 1, 2020

कोरोना संक्रमणबाट धरानमा एक जनाको मृत्यु

 कोरोना संक्रमणबाट धरानमा एक जनाको मृत्यु
मनपरे शेयर गरौ ! 


झापा / कोरोना संक्रमणबाट धरानमा एक जना पुरुषको मृत्यु भएको छ । धरान उपहानगरपालिका वडा नम्बर १५ का ६७ वर्षीय पुरुषको शनिबार बिहान ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार उनी उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या लिएर साउन २७ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए ।

योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि धरान–१५ कै एक वृद्धाको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post